राष्ट्रिय/अन्तराष्ट्रिय

बिधुत हुकीङ गर्ने १८ जना पक्राउ

मोरङ प्रहरी र विधुत प्राधिकरणको सँयुक्त टोलीले मोरङ जिल्लाको जहदा गाउँपालिका–५, ७ र ९ बाट साउन २३ गते बुधबार राती विधुत चुहावट गर्ने १८ जनालाई नियन्त्रणमा लिएको छ । 
विधुत प्राधिकरण, विराटनगर शाखा र जिल्ला प्रहरी कार्यालय मोरङबाट सँयुक्त रुपमा निस्केको अनुगमन टोलीले बुधबार राती ८ बजे देखि १२ बजेसम्म गरेको चेकजाँचका क्रममा बिजुलीको पोलबाट हुकिङ गरी बिद्युत चोर्दै गरेका जहदा गाउँपालिका–५ का ११ जना, वडा नम्बर ७ का ६ जना र वडा नम्बर ९ का १ सहित १८ जनालाई नियन्त्रणमा लिएको हो । 
नियन्त्रणमा लिईएका व्यक्तिहरुलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।
 

<