राष्ट्रिय/अन्तराष्ट्रिय

सगरमाथा लोकमार्गको  गाईघाट – फोक्सिङटार सडक अवरुद्ध


सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको गाईघाटदेखि फोक्सिङटार सडकखण्ड डेढ महिनादेखि पहिरोका कारण अवरुद्ध भएको छ । यसले उदयपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने सम्पूर्ण यातायात अवरुद्ध भएको छ ।
दिक्तेल सडकखण्डको साउने र छामलिङमा सडक माथिबाट निरन्तर पहिरो झरेर सडक अवरुद्ध भएपछि उदयपुरको उत्तरी पहाडी क्षेत्रका बिरामीसमेत एम्बुलेन्समा उपचारको लागि अन्यत्र लैजान समस्या भएको बलाम्ताका राजकुमार राईले बताउनुभयो ।
सदरमुकाम गाईघाटदेखि पहाडी क्षेत्रको जाँते, बलाम्ता, रसुवा, ताम्लिछा, आपटार क्षेत्र र सुनकोशी पारी खोटाङका बिरामीलाई समस्या परेको छ । सडक अवरोधले पहाडी क्षेत्रका जनता दुई तीन दिन पैदल हिँडेर सदरमुकाम आवतजावत गर्नुपर्ने बाध्यता रहेको आपटारका दलबहादुर कटुवालले बताउनुभयो ।

<