संखुवाशभामा खानेपानीमा ५३ प्रतिशत शुल्क वृद्धी

संखुवासभाको खाँदबारीमा वितरण हुँदै आएको खानेपानीको महशुल करिब ५३ प्रतिशतले वृद्धि भएको छ । स्थानिय तहले करको दायरा बढाएको भन्दै चौतर्फी विरोध भईरहेको बेला खाँदबारी खानेपानी उपभोत्ता तथा सरसफाई संस्थाले महशुलमा चर्को शुल्क वृद्धि गरेको हो ।
उपभोत्ताको ५ प्रतिशत लगानी र सरकारको ५० प्रतिशत अनुदान रहेको खानेपानी आयोजनाको महसुल गत साउन देखि लागु हुने गरी महसुल वृद्धि गरिएको खाँदबारी खानेपानी तथा उपभोत्ता सरसफाई संस्थाले जनाएको छ । संस्थाले न्युनतम ५ युनिट सम्मको प्रति महिना १ सय ५० बाट २ सय ३० रुपैयाँ बढाएको हो । त्यसैगरी ६ देखि १० युनिट सम्म प्रति युनिट ४५ रुपैयाँ रहेकोमा हाल ७० रुपैयाँ पु¥याएको छ । 
११ देखि २० युनिट सम्मको प्रति युनिट १ सय ५ रुपैयाँ पु¥याएको छ, यस अघि प्रति युनिट ७२ रुपैयाँ लिइदै आएको थियो । सबै भन्दा धेरै २० युनिट भन्दा माथिका लागि प्रति युनिट १ सय ५५ रुपैयाँ शुल्क वृद्धि गरेको संस्थाले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

संखुवाशभामा खानेपानीमा ५३ प्रतिशत शुल्क वृद्धी

झापामा पहिलोपटक विर्तामोड–भद्रपुर सडक खण्ड चार लेनको निर्माण शुरु भएको छ । सडक डिभिजन कार्यालय दमक र विर्तामोड नगरपालिकाको पहलमा ४ दशमलव ७ किलोमिटर

संखुवाशभामा खानेपानीमा ५३ प्रतिशत शुल्क वृद्धी

सरकारले दशैं तिहारमा सस्तो सामान बिक्री–वितरण गर्न विभिन्न स्थानमा सुपथ मूल्य पसल चलाउने भएको छ । आपूर्ति मन्त्रालयका अनुसार आगामी असोज १२ बाट

संखुवाशभामा खानेपानीमा ५३ प्रतिशत शुल्क वृद्धी

पूर्वको व्यापार घाटा साढे २ खर्ब नाघेको छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्र क्षेत्रीय कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष ०७४र७५ मा पूर्वको