Slider

इटहरीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न


सवारी दुर्घटनाका कारण हुने क्षति न्युनीकरणका लागी १ दिने ट्राफिक सचेतना एवं प्रशिक्षण कार्यक्रम इटहरीमा सम्पन्न भएको छ । 
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा मा हेल्पिङ युथ इटहरी र ट्राफ्रिक प्रहरी कार्यलय प्रदेश १ ले संयुक्त रुपमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ट्राफ्रिक प्रहरी कार्यलय प्रदेश १ ले सेवा दिइरहेको बताउंँदै चालक आफै संयमित र अनुशासित भई सवारी चलाएर प्रहरीलाई साथ दिन आग्रह गरेको छ ।
हेल्पिङ युथ इटहरीका अध्यक्ष बिकल पौडेलले चालकहरुले आफै सावधानीपूर्वक सवारी चलाएको खण्डमा धनजनको क्षति न्युनिकरण हुने बिश्वास व्यक्त गरे । उनले धेरै जसो दुर्घटना मानवीय कारण, यान्त्रिक कारण, सडकको कारण र वातावरणीय कारणबाट हुने गरेको उल्लेख गर्दै चालक स्वंय सचेत भएर सवारी चलाउनपर्नेमा जोड दिए ।
यसैगरी ट्राफ्रिक प्रहरी कार्यलय प्रदेश १ ले अरु सवारीभन्दा बढी अत्याधीक गतीको कारण सवारी बढी दुर्घटना हुने गरेको बताउंँदै, चालक एवं सहचालकले ट्राफिक नियमको पालनागरी, संयमित तरीकाले सवारी चलाउन आग्रह गरेको छ ।

<