स्थानीय समाचार

प्रदेश सरकारले दिएको बिदा जिप्रकाले मानेन

प्रदेश १ सरकारले आज बिश्व आदिवासी दिवसको अवसरमा प्रदेशभर बिदा दिने भएको छ । संघीय सरकारले कटाएका ४ वटा बिदा प्रदेश १ सरकारले दिने भएको हो  । प्रदेश सरकारले आफ्नो प्रदेशमा बिदा दिन पाउने संबैधानिक अधिकारको प्रयोग गर्दै ४ बटा दिनमा प्रदेश भरी सरकारी बिदा दिने निर्णय गरेको हो ।
संघीय सरकारले दिएको बिदाका अतिरिक्त प्रदेश सरकारले रक्षाबन्धन र आदिवासी जनजाति दिवसमा प्रदेशभर, छैट पर्वमा तराईका जिल्लामा र विराटनगरमा १८ भदौमा हुने श्री राधाकृष्ण रथयात्राका लागि मोरङ र सुनसरीमा बिदा दिने निर्णय गरेको थियो । सो निर्णयको विरुद्धमा अधिवक्ता मोहनसिंह लिम्बूले प्रदेश सरकारले दिएका सार्वजनिक बिदा राष्ट्रिय हित प्रतिकूल भएको भन्दै दायर गरेको रिट उच्च अदालत बिराटनगरले खारेज गरे संगै सरकारले निर्णय गरेका बिदा कार्यानोयनमा आएका हुन् ।
आन्तरीक मामला तथा कानुन मन्त्रालय प्रदेश १ ले जारी गरीको सुचना अनुसार संघिय सरकारले तोकेका बिदाका अतिरीक्त प्रदेश १ मा बिश्व आदिवासी दिवस श्रावण २५ गते (भोलि) बिहीवार, जनै पुर्णीमा भाद्र १० गते आइतवार, कार्तीक २७ गते मंगलवार प्रदेश भर र भाद्र १८ गते सोमवार बिराटनगरमा हुने राधाकृष्ण रथयात्रामा सुनसरी र मोरङ्गमा बिदा दिने भएको छ ।
यसैबिच प्रदेश १ का १४ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भने प्रदेश सरकारको बिदालाई आफुहरुले नमान्ने बताएका छन् । संघीय सरकारको आदेश मात्र मान्ने भन्दै अधिकारीहरुले आज आफ्ना कार्यालय सञ्चालन गर्ने जनाएका हुन् ।
 

<