स्थानीय समाचार

काँग्रेसमा पुनः तहल्का  तरुण दल सुनसरी उपाध्यक्ष पक्राउ 


तरुण दल सुनसरीका उपाध्यक्ष सन्तोष बिश्वकर्मा पक्राउ परेका छन्। एक ब्यक्तिलाई धम्कि दिएको आरोपमा बिश्वकर्मालाई इलाका प्रहरी कार्यालय धरानले शनिबार पक्राउ गरेको हो ।
गुण्डागर्दी गरेको आरोपमा पटक पटक पक्राउ पर्दै राजनीतिक दलको छत्रछाँयामा छुट्दै आएका बिश्वकर्मालाई नेपाली कांग्रेसले संरक्षण गर्दै आएको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालयले तयार पारेको गुण्डाको श्रेणीमा बिश्वकर्मा क श्रेणीमा रहेको प्रहरी श्रोतले जनाएको छ । 
उनी इटहरीमा भएको बालिका बलात्कार घटनामा मिलापत्र गराउन समेत सक्रिय भएको प्रहरीले जानकारी दिएको छ ।
 

<