स्थानीय समाचार

किरात राइ यायोख्खा स्ांध र सुम्निमा संधको आयोजनामा रक्तदान कार्यक्रम सम्पन

किरात राई यायोख्खा संध प्रारम्भिक कार्यसमिती र किरात राई सुम्निमा संध प्रारम्भिक कायसमिति इटहरी ६ को सहकार्यमा ईटहरीमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । किरात राई यायोख्खा संघको ३० औ र सुम्निमा संघको १४औ स्थपना कालको अबसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको किरात राई सुम्निमा संध इटहरीकी सचिब माँया राईले जानकारी दिनुभएको छ । 
कर्यक्रममा ७५ प्रीन्ट रगत संकलन भएको बताइएको छ । रगत संकलन गरीसके पछि तत्काल धरान स्थित बिपि कोइराला स्बास्थ बिज्ञान प्रतिस्ठानमा पठाइएको  सचिब राईले जानकारी दिनुभयो । प्रतेक बर्षको श्राबण महिनामा रक्तदान कार्यक्रम आयोजना गरीने पनि उहाँले बताउनुभएकोे छ । 
किरात राई सुम्निमा संध इटहरीकी अध्यक्ष दिप्ता राईको सभापतीत्वमा सम्पन्न भएको कार्यक्रम कर दाता कार्यलय इटहरीका अधिकृत भोगीराज चाम्लिङ राईको प्रमुख अथतिमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्नुहुदै प्रमुख अथिती राइले स्बच्छ र स्वस्थ मानिसले रक्तदान गर्नुपर्ने बताउनुभएको छ  ।
 

<