राष्ट्रिय/अन्तराष्ट्रिय

खोटाङको थामखर्क विमानस्थलको कालोपत्रे को काम कहिले सकिएला ः १महिना बित्यो म्याद सकिएको ः

गत असारमै म्याद सकिए पनि खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित थामखर्क विमानस्थलको कालोपत्र गर्ने काम सकिएको छैन । ठेकेदार कम्पनी रौता कन्ट्रक्सनले २०७३ देखि कालोपत्र गर्ने कार्य शुरु गरेको थियो । म्याद सकिएको एक महिना पुग्न लाग्दासमेत कालोपत्र सम्पन्न भएको छैन । हालसम्म ७५ प्रतिशत मात्र काम सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्न श्रेष्ठले जानकारी दिनुभयो ।
निर्माण कम्पनीको ढिलासुस्तीका कारण विमानस्थल कालोपत्रको काम समयमै सम्पन्न हुन नसकेको हो । यस वर्ष छिटो वर्षा शुरु भएकाले असार मसान्तअघि कालोपत्र गर्न नसकिएको इन्जिनियर श्रेष्ठले बताउनुभयो । गत असार मसान्तसम्ममा काम सम्पन्न गर्नेगरी रु नौ करोड २५ लाख २९ हजार लागतमा विमानस्थल कालोपत्रको काम थालिएको हो । विसं २०७४ माघमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको पहलमा प्राधिकरणको कार्यालयमा ठेकेदारकै उपस्थितिमा विमानस्थल निर्माणको कार्यतालिका बनाइएको थियो ।
कार्यतालिका अनुसार ठेकेदारले गत जेठमा कंक्रिटको काम तथा असार मसान्तभित्रमा सबै काम सम्पन्न गरेर प्राधिकरणलाई जिम्मा लगाउने लिखित प्रतिबद्धता गरेका थिए ।
 

<