स्थानीय समाचार

इटहरीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न 


मानव बेचबिखनविरुद्धको अन्तर्रा्ष्ट्रिय दिवसका अवसरमा श्रमिक महिला साझा मञ्च इटहरीको सक्रियतामा आज विशेष जनचेतनामूलक ¥यालीसहित हस्ताक्षर अभियान सम्पन्न भएको छ । 
मानव बेचबिखनविरुद्ध जनचेतना फैलाउने विभिन्न नारा लेखिएको प्लेकार्ड र ब्यानरसहित इटहरी उपमहानगरपालिका अगाडिबाट निक्लिएको जनचेतनामूलक ¥याली शहरको विभिन्न स्थानको परिक्रमापछि कोणसभामा परिणत भएको थियो । कोणसभामा माइती नेपालको इटहरीस्थित केन्द्रकी संयोजक सुनिता केसीले मानव बेचबिखन समस्याको नियन्त्रण र न्यूनीकरणमा समाजका सबै वर्गको हातेमालो हुनुपर्ने बताउनुुभयो ।
श्रमिक महिला साझा मञ्चकी अध्यक्ष लीला भुजेलको अध्यक्षतामा भएको कोणसभामा दिलकुमारी राईलगायतका अभियानकर्मीले मानव बेचबिखनविरुद्धको अन्तर्रा्ष्ट्रिय दिवसलाई एक दिनको रुपमा सीमित नगरी नियमित रुपमा निगरानी गर्नुपर्नेमा जोड दिनुभयो ।।।
 

<