राष्ट्रिय/अन्तराष्ट्रिय

काकाद्वारा भतिजी बलात्कृत


सप्तरीमा आफ्नै काकाले एक महिनादेखि भतिजीको बलात्कार गरेका खुलेको छ । कञ्चनरूप नगरपालिकामा काकाले पटक–पटकको बलात्कारपछि सिकिस्त बिरामी परेकी ७ वर्षीया भतिजीलाई अस्पताल भर्ना गराइएपछि बलात्कार भएको खुलेको हो ।
कञ्चनरूप नगरपालिका–८ की पीडित बालिकाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार र स्वास्थ्य परीक्षण गराई शुक्रबार घर लगिएको छ । 
पीडित बालिकाको बयान र आमाबुबाले छोरीलाई रेखदेख गर्न जिम्मा दिएका आफ्नै काका २५ वर्षीय गजेन्द्र साह सोनारले जबरजस्ती करणी गरेको उजुरीका आधारमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कञ्चनरूपले जनाएको छ । 
विगत एक महिनादेखि काका गजेन्द्रले कहिले चकलेट, विष्कुट त कहिले डर, त्रास देखाएर बलात्कार गर्ने गरेको बालिकाले बताइन् । 
घटना सार्वजनिक भएलगत्तै फरार भएका पीडक गजेन्द्रको खोजी कार्य तीब्र बनाइएको प्रहरीले जनाएको छ ।

<