राष्ट्रिय/अन्तराष्ट्रिय

माईभ्याली क्लबलाई एम्बुलेन्स 


इलामका एक समाजसेवी दम्पतीले माईभ्याली फुटबल क्लबलाई एम्बुलेन्स प्रदान गरेका छन । माइभ्याली गोल्डकपको तीनवटा संस्करणको प्रथम पुरस्कार प्रायोजन गर्दै आएका सूर्योदय नगरपालिका–१२ जहरसिंह गाउँका तारा सापकोटा र रोजु सापकोटाले क्लबलाई एम्बुलेन्स प्रदान गरेका हुन् । 
सदरमुकाममा कार्यक्रम गरी सापकोटा दम्पतीले एम्बुलेन्सको साँचो र कागजात क्लबका अध्यक्ष धिरेन चेम्जोङलाई हस्तान्तरण गरे। एम्बुलेन्स हस्तान्तण गर्दै समाजसेवी तारा सापकोटाले आगामी दिनमा पनि जिल्ला र जिल्लाबासीका लागि आफ्नोतर्फबाट निरन्तर सहयोग रहने बताए ।
 

<