रेड स्टार पाथीभरा गोल्डकपको बिजेता  

तेस्रो संस्करणको पाथीभरा गोल्डकपको उपाधी झापाको रेड स्टार क्लबले चुमेको छ । झापाकै न्यु स्टार क्लबलाई २–१ गोल अन्तरले हराउँदै रेडस्टारले उपाधी उचालेको हो । निर्धा्रित ९० मिनेटको खेलमा बराबरी भएपछि खेलको निर्णय अतिरीक्त समयवाट लिइएको थियो । 
उपाधीका लागि पहिलो हाफमा ग्लोरीले गोल गरेका थिए भने अतिरिक्त समयमा कर्नर किकमार्फत खेल क्याप्टेन कर्ण लिम्बूले निर्णायक गोल गरेका थिए । यता उपविजेता बनेको झापाकै न्यु स्टार भने १ गोलमा सिमित रह्यो । न्यु स्टारका लागि विजय राईले दोस्रो हाफमा एक गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेल बराबरीकै अवस्थामा निर्धा्रित समय सकिएपछि अतिरिक्त समय थप गरिएको थियो । 
प्रतियोगिताको विजेता र उपविजेतालाई क्रमशः तीन लाख एक हजार १११ र  एक लाख ५१ हजार १११ रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिएको छ । लाखेजात्राको अवसरमा २०२९ सालदेखि प्रत्येक वर्ष खेल हुँदै आए पनि २०७४ सालदेखि भने नाम परिवर्तन गरेर पाथीभरा गोल्डकप बनाइएको हो ।
 

प्रतिकृया दिनुहोस

रेड स्टार पाथीभरा गोल्डकपको बिजेता  

इटहरी  दोस्रो जेएमसी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि आयोजक जेएमसी इलाभेनले जितेको छ । आज सम्पन्न फाइनल खेलमा आयोजक जेएमसि बोइजलाइ १(०ले

रेड स्टार पाथीभरा गोल्डकपको बिजेता  

इटहरी  दोस्रो जेएमसी च्यालेन्ज कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा सिबी कलेजलाइ २(१ ले हराउदै आयोजक कप्तान प्रदिप चौंलागाईको टिम (ए) फाइनलमा

रेड स्टार पाथीभरा गोल्डकपको बिजेता  

खेमराज सापकोटा दोस्रो जे एम सी च्यालेन्ज कप फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा जनता उच्च माध्यमिक बिद्यालय इटहरीले जगन्नाथ डेडराज जनता उच्च माबी