स्थानीय समाचार

तालतलैयामा मोटरबोट उद्घाटन


प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले तालतलैयालाई प्रदेश– १ कै महत्वपूर्ण पर्यटकीय केन्द्रका रुपमा विकास गरिने बताएका छन् ।
उनले तालतलैया क्षेत्रलाई अझ ब्यवस्थित, आकर्षक र पर्यटक लोभिने केन्द्रका रुपमा प्रवर्द्धन गर्न नीजि सरकारी र विभिन्न दातृ समुदायसमेतको सहकार्यमा जोड दिने कुरामा आफूले प्रयत्न गरिरहेको बताए ।
मुख्यमन्त्री राईले इटहरी– ३ मा रहेको पर्यटकीय तालतलैया क्षेत्रमा तालतलैया विकास तथा संरक्षण समितिले सञ्चालनमा ल्याएको मोटरबोटको शनिबार उद्घाटन गरेका छन् ।
कार्यक्रममा प्रदेश सांसद एवं इटहरीको तालतलैया क्षेत्रको परिकल्पनाकार सर्वध्वज सावाँ, इटहरी उपमहानगरपालिकाका उपमेयर लक्ष्मी गौतम, वडा नं– ३ का वडाअध्यक्ष बालकृष्ण विष्ट र तुलाराम लिम्बूगायतले बोलेका थिए ।
तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष वीरबहादुर लिम्वूले मोटरबोट रु साढे आठ लाखमा आयात गरेको बताए ।
 

<