राष्ट्रिय/अन्तराष्ट्रिय

खोटाङमा आगलागि 

खोटाङको जन्तेढुङ्गा गाँउपालिका वडा नं ५ को एक घरमा आगलागि भएको छ । करीब ३ बजेतिर खुटाबितलव गाँउका मित्रलाल कोईरालको घरमा आगलगि भएको हो । 
आगलागीको मुख्य कारण नखुलेको र घरका सबै खेतिका लागि बाहीर गएको समयमा केटाकेटीले आगो लगाएको हुन सक्ने आसंखा स्थानिए सुरेस प्रधानले जानकारी दिनुभएको छ ।
घरका मुख्य सदस्य सबै खेतमा गएको र छिमेकी  गाणेश प्रसाद सापकोटा , कर्ण प्रधान केदार केइराला लगायत अन्य स्थानियले घरमा भएका केटाकेटी  बस्तुभाउ  को बचाउ गरेको स्थानिय प्रेम कुमारी सापकोटाले जानकारी दिनुभएको छ ।   
आगलागिबाट कोईरालाको १ वटा घर  ऋण तिर्न भनि राखेको नगद ६० हजार रुपैया , खाद्यान्न,लत्ता कपडा जलेर नस्ट हुदा अन्दाजि १५ लाखको बराबरको क्षति भएको छ । भुकम्प पुनः निमार्णको घर बन्दै गरेको र उक्त घरका नयाँ काठमा आगो सल्कीएकाले आगलगिले बिसाल रुप लियपछि करीब ३ घण्टापछि मात्र नियन्त्रणमा आयको थियो ।  इलाका प्रहरी कार्यालय चिसापानिको प्रहरी टोलि र स्थानियले आगो नियन्त्रण गरेको  इलाका प्रहरी कार्यालय चिसापानिका असई सनम राजवंसीले बताए ।

<