आज श्रीकृष्णजन्माष्टमी देशभरी भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

श्रीकृष्णजन्माष्टमी आज देशभरी भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । भाद्र कृष्ण अष्टमीका दिन मनाइने यो पर्व द्वापरयुगमा आजैका मध्यरातमा भगवान श्रीकृष्णको जन्म भएकोले मनाइने गरिएको छ । 
आजको दिन देशभरका श्रीकृष्ण मन्दिरहरुमा पुजा अर्चना गरिन्छ भने भोलिपल्ट रथ यात्रा निकाल्ने गरिन्छ । विराटनगरको राधाकृष्णको रथयात्रा नेपालकै ठूलो रथयात्रा मानिन्छ । यस अवसरमा देशभरीका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने गर्छन् । 
भगवान् विष्णुको आठौँ अवतार एवम् वसुदेव र देवकीको आठौँ गर्भका रुपमा जन्मेका श्रीकृष्णले पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा भनेका वाणिहरु समेटेर  ‘श्रीमद्भागवतगीता’ तयार भएको मानियको छ ।
यता मोरङको सुन्दरहरैचा नगरपालीका वडा नं ५ मा रहेको राधेस्याम सेवा ट्रष्ट नयाँ वृन्दाबन गौसलाले श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिभीन्न कार्यक्रम आयोजना गर्ने भएको छ । कृष्ण जन्मअष्ठमीको अबसर पारेर कार्यक्रम आयोजना गर्न लागिएको नयाँ बृन्दाबन गौसालाका संस्थापक संरक्षक  दीनबन्धु शास्त्री जानकारी दिए ।
गौसलाको नयाँ भबनको उद्घाटन गर्दै भजन नृत्य, भजन गायन साथै विश्वकै अग्लो गाईको प्रतिमाको शिलान्यास कार्यक्रम रहेको शास्त्रीले जानकारी दिए । कार्यक्रम संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयका सचिब दिनेशकुमार थपलियाको प्रमुख आतिथ्यतामा हुनेछ ।
 

प्रतिकृया दिनुहोस

आज श्रीकृष्णजन्माष्टमी देशभरी भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

झापामा पहिलोपटक विर्तामोड–भद्रपुर सडक खण्ड चार लेनको निर्माण शुरु भएको छ । सडक डिभिजन कार्यालय दमक र विर्तामोड नगरपालिकाको पहलमा ४ दशमलव ७ किलोमिटर

आज श्रीकृष्णजन्माष्टमी देशभरी भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

संविधान दिवशको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरेर हर्षउल्लाहसका साथ मनाइएको छ । इटहरीमा बिहान र्या्लि निकालेर संविधान दिवस मनाइएको छ ।

आज श्रीकृष्णजन्माष्टमी देशभरी भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

मोरङको मिक्लाजुङ गउँपालिकाको मनकामना आधारभुत विद्यालयलाई सिलिङ पंखा र शैक्षिक तथा खेलकुद सामग्री सहयोग हस्तान्तरण गरिएको छ । गर्मीयामको समयमा