मनोरञ्जन

‘रोमियो एण्ड मुना’को ‘स्यान्डवीच’ गीत ब्याण्ड

फागुन ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘रोमियो एण्ड मुना’को ‘स्यान्डवीच मी’ गीतको भिडियोमा सेन्सर लागेको छ । भिडियोलाई धेरैले भल्गर भनेका छन् । गीत सार्वजनिक कार्यक्रममा नायक विनय श्रेष्ठले दुई विकिनी गर्लसँग इन्ट्री मारेपछि निर्माण पक्षले खुब आलोचना खेप्नु परेको थियो ।युट्युवमा सिमित उमेर समुहलाई हेर्न मिल्ने गराइएको गीतको भिडियोलाई टेलिभिजन च्यानलहरुले प्रशारण गर्न अस्विकार गरेका छन् । किन लाग्यो त ‘स्यान्डवीच मी’ गीतको भिडियोमा सेन्सर ? फिल्मका निर्माता प्रसन्न गोपाली भन्छन्, ‘भल्गर भयो भन्ने कुरा आएको छ ।’ उनका अनुसार, भिडियोलाई युट्युवमा निटाइजेशन पनि गरिएको छैन । निर्देशक नरेश कुमार केसी भने रोमियाको क्यारेक्टर अनुसारकै उक्त गीतको भिडियो बनाइएको दाबी गर्छन् । निर्देशक केसी भन्छन्, ‘गाउँकी मुना र शहरको रोमियो बिचको कथा हो । त्यसैले दुवैको पृष्ठभूमि भिन्न छ । जुन गीतमा पनि भिन्नता देखिन्छ ।’ फिल्ममा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । यो फिल्ममा लोकेन्द्र बज्रचार्यको सम्पादन, गौरव डागोन्कर, कोशिश क्षेत्री, कालीप्रसाद बाँस्कोटा र अर्लको संगीत, प्रताप सिंह, रेनशा राई, राजिव समरको कोरियोग्राफी छ । शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथा बोल्ने ‘रोमियो एण्ड मुना’लाई प्रसन्न गोपाली, रामशर्मा, कविनशाक्य र नायक विनय श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्मलाई दिपाङकर सिक्देर र बाबु श्रेष्ठले खिचेका हुन् । 

<