राष्ट्रिय/अन्तराष्ट्रिय

हलेसिमा निमार्ण कार्य तिब्र , प्रवेशद्वार निर्माण पुरा 


सयौं वर्षको इतिहास बोकेको खोटाङको हलेसीगढीको प्रवेशद्वार निर्माण गरिएको छ । पर्यटकीय गन्तव्यकारुपमा विकास गर्दै आर्थिक आम्दानीको श्रोतकारुपमा विकास गर्नका लागि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित ऐतिहासिक हलेसी गढीको प्रवेशद्वार निर्माण गरिएको हो । 
हलेसी क्षेत्रका प्रथम कविला स्थानीय शासक होलेसुङका छोराहरूले ३ सय ५० वर्ष अघि रावाचुङमा निर्माण गरेको पुरानो दरबारको भग्नावशेष पुग्ने बाटोमा दायाँ–बायाँ कठुवा र चिन्डो राखिएको प्रवेशद्वार निर्माण गरिएको हो ।

नगरपालिकाको १० लाख र २ लाख ५० हजार बढिको जन सहभागीतामा निर्माण गरिएको धनुषबाण आकारको प्रवेशद्वारको बुधबार मेयर इवन राईले उद्घाटन गरे । प्रवेशद्वार निर्माणले ३५० वर्षे इतिहासलाई सम्झने र ऐतिहासिक गढीको पर्यटन प्रर्वदनको कामले गति लिएको होलेसुङ समूहका सदस्य भूपेन्द्रकुमार राईले बताए  
 

<