राष्ट्रिय/अन्तराष्ट्रिय

सतायो बहुला कुकुरले , मार्नलाइ नगरपालीका प्रमुखको निर्देशण

 
धनकुटा नगरपालिका क्षेत्रमा बहुला कुकुरको आतंक मच्चिएको छ । मंगलबार मात्रै नगर क्षेत्रका विभिन्न स्थानमा सात जनालाई बहुला कुकरले टोकेको जिल्ला अस्पताल धनकुटाले जनाएको छ ।
बहुला कुकुरको टोकाईबाट धनकुटा नगरपालिका वडा नं.२ का १० वर्षीय सुजन राई र धनकुटा नगरपािलका वडा नं.१ का ७२ वर्षीया रुपामाया आचार्य गम्भिर घाईते भएको बताइएको छ । 
उनीहरुलाई जिल्ला अस्पतालमा रेविज विरुद्धको भ्याक्सिन दिएर थप रेविज विरुद्धको इमिनोग्लोविन भ्याक्सिन दिनको लागी विपि कोईराला स्वास्थ्य विज्ञान प्रष्तिष्ठान धरान पठाइएको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकले जानकारी दिए ।
त्यसैगरी बहुला कुकुरको टोकाईबाट धनकुटा नगरपालिका–१ का ३१ वर्षीय टिकाराम विश्वकर्मा, धनकुटा नगरपालिका–३ की २८ वर्षीया अनिता वाग्ले बराल, धनकुटा नगरपालिका–४ का ८ वर्षीय चन्द्रा लिम्बु, ४८ वर्षीय शुक्र रसाईली र धनकुटा–७ का सौरभ पौडेल घाईते भएको जिल्ला अस्पताल धनकुटाले जनाएको छ । 
यसैबीच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बहुला कुकुरलाई ठिक लगाउन मंगलबार अपरान्हदेखी टोली परिचालन गरेको बताएका छन् । तामाङले धनकुटा–४ बाट भेटेजति सबै कुकुर मार्न निर्देशन  दिनुभएको छ ।
 

<