स्थानीय समाचार

डेगँु रोग नियन्त्रण सम्बन्धि कार्यक्रम इटहरीमा सम्पन्न 


इटहरीमा  एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेगुँ रोग लाग्न नदिने विषयमा सचेतना अभिवृद्धि गर्ने उदेश्यले सुनसरीको इटहरीमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सुनसरी र प्राथमिक स्वास्थ्य केन्द्र इटहरीको आयोजनामा सम्पन्न अभिमुखी कार्यक्रममा स्वास्थ्यकर्मीहरुले डेगँु रोग फैलने तरिका रोग लाग्न नदिने विषयमा सहजिकरण गरेका थिए । कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र इटहरीकी चिकित्सक रुनी यादव , हेल्थ असिस्टेट रामकुमार धमला , जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रेमकुमार दास, शिवम ठाकुर लगायतले डेगँु रोग , उपचार विधि , रोग सार्ने लामखुट्टे नियन्त्रण लगायतका विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा इटहरी क्षेत्रका जनप्रतिनिधि विभिन्न संघ सस्थाका प्रतिनिधि संचारकर्मी लगायतको सहभागीता रहेको थियो । सो अवसरमा विश्वका एक सय देश डेगँुको जोखिममा रहेको तथा वार्षिक रुपमा विश्वमा ५ करोड बढी मानिसहरु प्रभावित हुने गरेको समेत जानकारी गराइएयो । जलवायु परिवर्तनका कारण गर्मि ठाउँमा मात्र पाइने डेगँु सार्ने लामखुट्टे पहाडी क्षेत्रमा समेत पाउन थालेको सो अवसरमा स्वास्थ्यकर्मीहरुले बताए । गत वर्ष सुनसरीमा पनि सात जनामा डेगुँ संक्रमण पाइएको समेत जिल्ला स्वास्थ्य कार्यालयको तथ्याँकमा रहेको छ ।।।
 

<