राष्ट्रिय/अन्तराष्ट्रिय

भारतमा पाए अन्तराष्ट्रिय पुरस्कार 


एक नेपाली युवाले भारतको राजधानी नयाँ दिल्लीमा प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन् । सप्तरीका मानवअधिकारकर्मी प्रकाशमणि राउत भारतमा सम्मानित भएका हुन्.।
कन्स्टिट्युसन क्लबले आयोजना गरेको एक दिवसीय समारोहमा उनलाइ सम्मानित गरिएको छ. ।मानवअधिकारकर्मी राउतलाई गोल नामक संस्थाले सम्मानित गरेको हो ।
दीग्लोरियस अर्गनाइजेसन फर एक्सेलेरेटेड टु लिटरेसीले राउतलाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानगर्दै ट्रफी र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेको छ ।  भारतको केन्द्र सरकारका पुर्वमन्त्रीकमलसिंह नेगी र भारतीयजनता पार्टीकावरिष्ठ नेता डा. दिनेश उपाध्याय एवम् वर्खा शुक्ला सिंह लगायतले राउतलाई सम्मान गरेका थिए ।
सामाजिक तथा मानवअधिकार क्षेत्रमा आधा दशकदेखि सक्रिय राउत नेपाल पिछडा वर्ग महासंघको भ्रातृ संगठन ओविसीविद्यार्थी संघका केन्द्रीय अध्यक्ष रहनुभएको छ ।।।

<