राष्ट्रिय/अन्तराष्ट्रिय

लगातारको झरीले खोटाङ जिल्लाका ग्रामीण सडकहरू बन्द 


लगातारको झरीले खोटाङ जिल्लाका ग्रामीण सडकहरू बन्द भएका छन । वर्षादले हिलाम्य भएपछि जिल्लाका प्राय सबै ग्रामीण सडकहरू बन्द भएका हुन । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी, ऐसेलुखर्क र रावाबेंसी गाउँपालिकाको ग्रामीण सडक बन्द भएका छन । उक्त पालिकाहरूमा यातायात अबरुद्ध हुदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।
त्यस्तै साकेला, दिप्रुङचुइचुम्मा, खोटेहाङ, जन्तेढुङ्गा, बराहापोखरी लगायतका गाउँपालिकाका ग्रामीण सडक पनि अबरुद्ध भएको खोटाङ यातायात व्यवसायी संघका महासचिव रामकुमार हिङमाङले बताए । उनका अनुसार दिक्तेल–बाक्सिला, दिक्तेल–ऐसेलुखर्क, दिक्तेल–खार्मी, दिक्तेल–पाथेका, दिक्तेल–निर्मलीडाँडा, दिक्तेल–टेम्मा, दिक्तेल–रेग्मीटार, दिक्तेल–खोटाङबजार, दिक्तेल–राजापानी लगायतमा यातायात सञ्चालन बन्द भएको छ । यसले सयौ गाडी थन्किएर बसेको हिङमाङले जानकारी दीनुभएको छ । 
यसबाहेक मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने दिक्तेल–चखेवा सडक समेत अबरुद्ध भएको छ । निर्माण कम्पनीले चौडा बढाउन खनेर त्यत्तिकै छाडेकाले सडक हिलाम्य बनेको छ । कम्तीमा सडक सञ्चालन होस् भनेर पटक–पटक सम्बन्धित निर्माण कम्पनीलाई अनुरोध गर्दा समेत नटेरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले बताए .
 

<