स्थानीय समाचार

के होला त धार्मीक पर्यटकीय स्थल गौशाला


मोरङको सुन्दरहरैचा नगरपालीका वडा नं ५ बलिया चौकबाट एक कि मी  भित्र रहेको नयाँ बृन्दाबन गौशाला धामिक पर्यटकिय स्थल बन्ने भएको छ । नगरपालीका गौरबको योजनाको एक करोड १० लाख बजेटमा र बिभिन्न दाताहरु बाट बनेको यस ठाँउमा  मन्दीर र अन्य भौतिक संरचनाको काम भइरहेको र यो मन्दीरको निर्माण कार्य चाडै सकेर एही भाद्र कृष्ण जन्मअस्ठमीको दीन  बिधीवत उद्घाटन गरीने  हीन्दु धर्मका अगुबा तथा नयाँ बृन्दाबन गौशालाका संथापक संरक्षक दीनबन्धु शास्त्री महाराजले जानकारी दीनुभएको छ । 
बिश्बकै अग्लो गाईको मुर्ती राखीने  भएकाले बृन्दाबन एउटा  धार्मीक पर्यटकीय स्थल बन्न सक्ने  महाराजले जानकारी दिनुभयो ।
यस क्षेत्रभित्र क्षेत्रीय पार्क पुर्खा संर्घालाय, पिक्नीक स्पोस्र्ट को पनि निमाण गरीने उहाँले जानकारी दिनुभयो । भबन निर्माण दाताहरुको  सहयोगबाट पनि निर्माण कार्य भएकोले सम्पुर्ण दाताको नाम संकलीत गर्ने  शास्त्रीले बताएनुभयो ।
हाल सो क्षेत्रमा बिभिन्न गितको सुटिङ गरीरहेको र संगीतको क्षेत्रमा पनि संगीत संग्रालय बनाउने  सास्त्रीले बताउनुभयो । आफ्नो गौरबको योजनामा राखेको नगरपालिकाले उक्त परीयोजनालाई क्षतिबाट बचाउन बुढीखोला  तटबन्ध निर्माण गरे धार्मीक पर्यटन संगै हिन्दु संस्कृतीको संरक्षण हुने सास्त्रीको भनाइ रहेको छ ।

<