स्थानीय समाचार

ट्राफीक प्रहरीको सकृयता


पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले तिब्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका लागि राडर गनको सहायतामा व्यापक चेकजाँच गरी तिब्र गति नियन्त्रण गर्ने कार्यमा सक्रियता बढाएको छ । यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा तोकिए अनुसार तिब्र गतिमा संचालन भएका सवारी साधनको गति नियन्त्रण गर्ने कार्यमा सक्रियता बढाएको हो  ।
यातायात व्यवस्था ऐन २०४९ को दफा ६ को उपदफा ४ को प्रयोजनको लागियातायात व्यवस्था नियमावली २०५४, परिच्छेद ३, नियम १८, उपनियम ५ अनुसार  कार, जिप, भ्यान र पिकअप बढीमा ८० कि मि  प्रति घण्टा , टेम्पो, स्कुटर, पावल टिलर तथा ट्याक्टर बढीमा ४० कि मि प्रति घण्टा, मोटरसाईकल बढीमा ५० कि मि  प्रति घण्टा र बस, मिनिबस, ट्रक, मिनिट्रक, पहाडी बाटोमा बढीमा ५० कि मि प्रति घण्टा र समतल बाटोमा बढीमा ७० कि मि प्रति घण्टा रहेको छ ।    
सार्वजनिक सवारीका चालकहरुलाई लामो समय सम्म सवारी चलाएपछी हुने थकानलाई पुनताजगी गराउन सवारी साधनहरुलाई रोकी सवारी चालकहरुलाई सरीरको ब्यायम गर्न सबारी साधन चेकजाँच गर्न बिभिन्न ठाँउमा फ्रेस सेन्टर संचलान भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
 

<