राष्ट्रिय/अन्तराष्ट्रिय

गुफाभित्र फसेका १२ बालक र उनीहरुका प्रशिक्षकमध्ये ६ जनालाई बाहिर निकालियो

थाइल्याण्डको उत्तरी यिचाङ राज्यस्थित थाम लुङ गुफामा दुई हप्तादेखि फसिरहेका १२ स्कुले विद्यार्थी र उनीहरुको फुटबल कोचलाई बाहिर निकाल्ने जोखिमपूर्ण अभियान शुरु गरिएको छ । आइतबार उद्धारकर्ताले ६ बालकलाई गुफाबाट सकुशल बाहिर निकालेका छन् ।
उद्धारकर्ताहरुले आइतबार जलस्तर बढ्ने आशंकालाई ध्यानमा राख्दै उनीहरुलाई गुफाबाट बाहिर निकाल्ने फैसला गरेका हुन् । शारीरिक र मानसिक रुपमा स्वस्थ ती बच्चाहरु चुनौती सामना गर्न तयार रहेको अधिकारीहरुले जनाएका छन् ।
स्थानीय समय अनुसार बिहान १० बजे १८ जना गोताखोरको टोली गुफा भित्र पठाइएको थियो । ती गोताखोरले पानी भरिएको साँघुरो गुफाभित्रबाट ती बालकलाई बाहिर निकाल्न मद्दत गरिरहेका छन् । बालकहरुलाई अलग अलग समूह बनाएर उद्धारकर्ताले बाहिर निकाल्न प्रयास गरेका हुन् ।
सबैलाई बाहिर निकाल्न कति समय लाग्छ भन्ने प्रष्ट भइरहेको छैन । एक अधिकारीका अनुसार सबैलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । उनीहरु केही समयपछि बाहिर निकस्न सफल हुने अपेक्षा गरिएको उनले बताए ।
 

<