राष्ट्रिय/अन्तराष्ट्रिय

टर्कीमा रेल दुर्घटना, कम्तीमा १० जनाको मृत्यु

टर्कीको उत्तर–पश्चिम क्षेत्रमा आइतबार एउटा रेल दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ७० भन्दा बढी यात्रु घाइते भएका छन् ।


टर्कीको सरकारी टेलिभिजन च्यानलका अनुसार बुल्गेरियाको सीमाना नजिकै कापिकुल सहरबाट इस्तानबुलतर्फ गइरहेको रेल दुर्घटना भएको हो । रेलको ६ वटा डिब्बा लिकबाट उछिट्टिएको उक्त टेलिभिजनले जनाएको छ ।


दुर्घटना कसरी भयो भन्नेबारे प्रष्ट हुन सकेको छैन । खराब मौसम तथा भूस्खलनका कारण दुर्घटना भएको हुन सक्ने स्थानीय प्रशासनको अनुमान छ ।
 

<