स्थानीय समाचार

लोकसेवा सम्वन्धि तिन दिने अभिमुखीकरण तालिम समापन


प्रमिला वान्तावा राई
किरात राई  विद्यार्थीहरुलाई लोकसेवा सम्बन्धी जानकारी साथै अभिपे्ररित गर्ने उदेश्यले आइतवार वाट इटहरीमा भएको लोकसेवा सम्वन्धि तिन दिने अभिमुखीकरण तालिम मंगलवार समापन भएको छ ।  किरात राई सुम्निमा संघ प्रारम्भिक कार्य समिती इटहरीको आयोजनामा अभिमुखिकरण तालिममा ४६ जना किरात विद्यार्थीहरुको सहभागिता रहेको किरात राई सुम्निमा संघ प्रारम्भिक कार्य समिति इटहरीकी सचिव माया राईले बताईन् ।  
इटहरी स्थित सुष्मा गोदावरी कलेजमा भएको तालिममा नेशनल कलेज धरानका प्रध्यापक सालिक सतासक राई र कर अधिकृत भोगीराज राई अधिकृत शाशि राई , अधिकृत दयाराम राईले सहजीकरण गर्नुभएको किरात राई सुम्निमा संघ प्रारम्भिक कार्य समिती इटहरीकी अध्यक्ष दिप्ता राईले वताउनुभयो ।

<