स्थानीय समाचार

स्कुल थिएटर ६ को तयारी पुरा , जेठ २४ गतेवाट मन्चन हुने 


प्रमिला वान्तावा

इटहरीमा स्कुल थिएटरको छैटौं संस्करणको पुरा भएको छ । विद्यार्थीहरुले विगत ६ वर्ष देखि आफ्नै लेखन तथा निर्देशनमा  तयार  पारेर नाटक मञ्चन गर्दै  आएका छन् ।
कलालय इटहरीले कला क्षेत्रमा नयाँ पुस्तालाई भित्र्याउने उदेश्यले सञ्चालन गर्दै आएको स्कुल थिएटरको छैठौं संकरणको तयारी पुरा भएको जनाएको हो । विद्यार्थीहरुले अभिनय कला सिकेर आफैले निर्देशन तथा अभिनय गर्ने गरेको स्कुलथ्रियटर अन्र्तगत यही जेठ २४ गते देखि तीन दिन सम्म इटहरीको तायरिप्ची भवनमा मञ्चन गर्ने गरी सुगम दुलालको निर्देशनमा फुरफुर नामक नाटकका कलाकारहरु अनुजा पौडेल,विकाश श्रेष्ठ,मनोज राई,हिमाल निरौला लगायतले मञ्चन गर्ने गरी तयारी रहेको छ । 

नाट्य क्षेत्रमा पुर्वबाट एउटा टिम तयार पार्ने लक्ष्य सहित  स्कुले विद्यार्थीहरुलाई नाट्यकलाका विषयमा सहजिकरण गरिएपछि उनीहरुको आकर्षण वढ्दै गएपछि छैठौं संकरण सम्म आइपुगेको कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले वताए । कम्तीमा पनि एक दशक सम्म विद्यार्थीहरुलाई नाट्य क्षेत्रमा लगाउन सके एउटा टिम तयार हुने सोच अनुसार सुरु गरिएको स्कुल थ्रियटरको ६ वर्ष सम्म आइपुग्दा धेरै जसो पुरानै विद्यार्थीहरु भएकोले पनि आफुहरुको सोच पुरा हुने अध्यक्ष जयन्तीको विश्वास छ ।

नाट्यकलाको क्षेत्रमा युवा पुस्ताको आकर्षण घटिरहेको वेला आफुहरुले प्रवेश गर्न लागेको र विगत देखिनै काम गर्दै आएकाहरुले निरन्तरता दिदै आएकोले आफुहरु उत्साहित भएको छैठौं संस्करणका निर्देशक दुलालले वताए । नाटक मञ्चन हुने दिन नजिकी रहेकाले अभिनयकलामा निखारता ल्याउन स्कुले कलाकारहरु अभ्यासमा व्यस्त रहेकाछन् ।।  

<