स्थानीय समाचार

लोकसेवा सम्वन्धि तिन दिने अभिमुखीकरण तालिम इटहरीमा सुरु


आइतवार वाट इटहरीमा लोकसेवा सम्वन्धि तिन दिने अभिमुखीकरण तालिम सुरु भएको छ ।  किरात राई सुम्निमा संघ प्रारम्भिक कार्य समिती इटहरीको आयोजनामा अभिमुखिकरण तालिम हुने भएको किरात राई सुम्निमा संघ प्रारम्भिक कार्य समिति इटहरीकी सचिव माया राईले बताईन् ।  किरात राई  विद्यार्थीहरुलाई लोकसेवा सम्बन्धी जानकारी साथै अभिपे्ररित गर्ने उदेश्यले तालिमको आयोजना गरेको सचिव राईले बताईन् । 
आज वाट इटहरी स्थित सुष्मा गोदावरी कलेजमा शुरु भएको तालिम २२ गते समापन हुने वताइएको छ । ४६ जना किरात राई विद्यार्थीहरु सहभागी भएको अभिमुखीकरण तालिममा आज नेशनल कलेज धरानका प्रध्यापक सालिक सतासक राई र कर अधिकृत भोगीराज राईले सहजीकरण गर्नुभएको किरात राई सुम्निमा संघ प्रारम्भिक कार्य समिती इटहरीकी अध्यक्ष दिप्ता राईले वताउनुभयो ।।
 

<