स्थानीय समाचार

गढी गाउँपालिका खुला दिशामुक्त घोषित


प्रमिला वान्तावा
सुनसरीको साविक छिटाहा हालको गढी गाउँपालिकालाई शुक्रवार खुला दिशामुक्त गाउँपालिका घोषणा गरिएको छ । यसअघि नै गढी गाउँपालिकामा रहेका औराबनी लगायतको क्षेत्र खुला दिशामुक्त घोषित भएकाछन् ।
शानिवार सुनसरीको सदरमुकाम इनरुवा नगरपालिकाको पश्चिम सिमा जोडिएको साविक नरसिँह गाउँ हालको भोक्राहा गाउँपालिकामा गाभिएको उक्त गाउँ खुला दिशामुक्त घोषित भएपछि सुनसरीको सवै स्थानीय तह खुला दिशामुक्त घोषित हुने वताइएकोछ ।
गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले उक्त गाउँलाई खुला दिशामुक्त घोषणा भएको सार्वजनिक गर्नुहुँदै उहाँले साविक छिटाहा गाँउ हालको गढी गाउँपालिकामा परेको वडा नम्वर ३ र ४ का १८ सय २० घर र सवै विद्यालय मठ मन्दिर सार्वजनिक संस्था लगायतका सवै स्थानीयवासीले चर्पी निर्माण र प्रयोग गर्न थालेको समेत वताउनुभयो ।
गढी गाउँपालिकालाई खुला दिशामुक्त घोषणा गर्नुहुँदै अध्यक्ष यादवले पूर्ण सरसफाईका लागि सार्वजनिक प्रतिबद्धता समेत पढेर सुनाउनु भएपछि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सुनसरीका डिभिजनल इन्जिनीयर देवनाथ सिँहले धन्यवाद ज्ञापन सहित उहाँलाई गाउँपालिकालाई खुला दिशामुक्त घोषित गर्नुभएको प्रमाण पत्र प्रदान गर्नुभयो ।
युएन ह्याविट्याटको सहयोगमा नारी विकास सङ्घ प्रयास नेपाल जिल्ला सरसफाई तथा स्वच्छता समन्वय समिति खानपानी तथा सरसफाई डिभिजन कार्यालय सुनसरी र स्थानीय सरसफाई तथा स्वच्छता समन्वय समिति लगायतको सक्रियतामा गढी गाउँपालिका खुला दिशामुक्त घोषित गर्न सम्भव भएको ने ४ का वडा अध्यक्ष रामचन्द्र मेहताले प्रतिवेदन सार्वजनिक गर्नुहुँदा उल्लेख गर्नुभएको छ ।
श्रीप्रसाद यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजनन इन्जिनीयर देवनाथ सिँह , युएन ह्याविट्याट्सका शेखर कार्की , मोहन मेहता, भोला मेहता ,रानु साह ,चन्द्रवती उराव लखनलाल साह, टुनालाल र्चौधरी लगायतले सरसफाई र चर्पी प्रयोगका विषयमा आ आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा सरसफाई सम्वन्धि जनचेतना फैलाउने नृत्य एवम गीतहरु समेत प्रस्तुत गरिएको थियो ।।
 

<