स्थानीय समाचार

रामधुनी नगरपालिका खुला दिशामुक्त


प्रमिला वान्तावा
सुनसरीको सदरमुकाम इनरुवा र इटहरी नगरपालिकासँग सिमा जोडिएको रामधुनी नगरपालिका वुधवार खुला दिशामुक्त नगरपालिका घोषित भएको छ । साविक डुम्राहा गाउँको वडा नम्वर ८ र ९ वडालाई खुला दिशामुक्त वडा घोषणा गरेपछि रामधुनी नगरपालिका खुला दिशामुक्त नगरपालिका बन्न सफल भएको हो ।
यसअघि रामधुनी नगरपालिकामा परेका  भासी, वक्लौैरी, सिँगियाँ र डुम्राहा गाउँ मिलेर रामधुनी नगरपालिका घोषित भएको थियो । यस नगरपालिकामा  परेका अन्य गाउँहरु  खुला दिशामुक्त घोषित भई सकेका छन ।  दुवै वडाहरुलाई खुला दिशामुक्त घोषित गर्नुहुँदै भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले गाउँको सम्यता नै सफाई भएकाले यस तर्फ सचेत भएर लाग्नु आफ्नो सभ्यता निर्माण गर्नु हो भन्ने कुरा नभुल्न आग्रह गर्नुभयो ।
साविक डुम्राहा गाउँको दुवै वडाका सवै घर ३ हजार ३९ घर र त्यस गाउँमा रहेको विभिन्न सङ्घ संस्था साथै सरकारी एवम नीजि क्षेत्रका विद्यालय समेत सवैले चर्पी बनाएर प्रयोग गर्न थालेपछि उक्त गाउँलाई खुला दिशामुक्त घोषित गरिएको हो । जिल्ला सरसफाई स्वच्छता समन्वय समिति खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नारी विकास सङ्घ प्रयास नेपाल र स्थानीय सरसफाई तथा स्वच्छता समन्व्य समितिको सक्रियतामा यो कार्य सफल भएको बताईएको छ ।
डुम्राहा ८ का वडा अध्यक्ष रुद्रबहादुर बस्नेतलाई जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सुनसरीका प्रम्ुख इन्जिनीयर देवनाथ सिँहले गाउँलाई खुला दिशामुक्त घोषणा गर्ने अभियानमा महत्वपूर्ण योगदान पु¥याएकोमा धन्यवाद दिदै प्रमाणपत्र सहित सम्मान गर्नुभयो ।  कार्यक्रममा वडा नम्वर ९ का वडाअध्यक्ष धनश्याम चौधरीले गाउँ खुला दिशामुक्त घोषित गर्न गरिएका अभियानका विषयमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा स्थानीय सरसफाई स्वच्छता समन्जय समितिले चर्पी प्रयोग अभियानसँगै सरसफाईमा महत्व्पूर्ण योगदान पु¥याउनु हुने विभिन्न सामाजिक क्षेत्रका ब्यक्तित्व सङ्घ संस्थाका प्रतिनिधि लगायतलाई धन्यवाद सहित प्रमाण पत्र प्रदान समेत गरिएको थियो । साथै विभिन्न विद्यालयका विद्यार्थीहरुले सरसफाई सम्वन्धि गितमा  नृत्य प्रस्तुत गरेका  थिए ।।
 

<