स्थानीय समाचार

इटहरीमा लोकसेवा सम्वन्धि तिन दिने अभिमुखीकरण तालिम


प्रमिला वान्तावा
जेठ २० गते वाट इटहरीमा लोकसेवा सम्वन्धि तिन दिने अभिमुखीकरण तालिम हुने भएको छ ।  किरात राई सुम्निमा संघ प्रारम्भिक कार्य समिती इटहरीको आयोजनामो अभिमुखिकरण तालिम हुने भएको किरात राई सुम्निमा संघ प्रारम्भिक कार्य समिति इटहरीकी सचिव माया राईले बताईन् ।  किरात राई  विद्यार्थीहरुलाई लोकसेवासम्बन्धी जानकारी साथै अभिपे्ररित गर्ने उदेश्यले तालिमको आयोजना गरेको सचिव राईले बताईन् । 
जेठ २०,२१ र २२ गते इटहरी स्थित सुष्मा गोदावरी कलेजमा बिहान ७ बजेदेखीसुरु हुने  अभिमुखीकरण तालीममा ५० जना किरात राई विद्यार्थीहरु सहभागी गराउने लक्ष्य रहेको छ । सुनसरी जिल्ला बाहेक इच्छुक किरात राई विद्यार्थीहरु सहभागी हुन पाउने सो तालीममा प्लसटु पढ्दै गरेका वा सो भन्दा माथीको शैक्षिक योग्यता भएकोहरुले सहभागि हुन पाउनेछन् ।
सहभागीहरुले रु पाच सयको आवेदन फर्म भर्नुपर्ने हुन्छ । बिहानको खाजा र स्टेशनरी सामाग्री आयोजकले उपलब्ध गराउने तालीममा २० हजार बराबरको खर्च लाग्ने अनुमान गरिएको किरात राई सुम्निमा संघ प्रारम्भिक कार्य समिती इटहरीकी अध्यक्ष दिप्ता राईले वताउनुभयो ।।
 

<