राष्ट्रिय/अन्तराष्ट्रिय

इनरुवा नगरपालिकाका प्रवक्ता गुरुङद्वारा राजीनामा


खेमराज सापकोटा 
इनरुवा नगरपालिकाका प्रवक्ता कालुराम गुरुङले राजीनामा दिएका छन् । वडा नम्वर ३ का अध्यक्ष समेत रहेका गुरुङ स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वा्चित भएका छन् ।
नगरपालिकाको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले नगर प्रमुखकोे एकलौटी निर्णय लाद्ने प्रवृतिका कारण प्रवक्ताको जिम्मेवारी त्यागेको बताएका छन् ।
विकास निर्माण तथाअन्य योजना सञ्चालनका क्रममा नगर प्रमुख राजन मेहताले आफुखुशी निर्णय लाद्न खोजेकाले नगर प्रवक्ता बनेर बस्नुको औचित्य नरहेको गुरुङले  बताएका छन् । गुरुङको राजीनामा नगरसभाले पारित गरेको छ ।
गुरुङका अनुसार इनरुवा नगर कार्यपालिकामा एमालले विपक्षी दलको भूमिका निर्वाह गर्ने छ । नगर प्रमुख मेहताले प्रवक्ताको राजीनामाको विषयलाई पार्टीगत राजनीतिसँग जोड्न खोजिएको प्रतिकृया दिएका छन् ।
 

<