स्थानीय समाचार

ईटहरीमा माईक्रोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


खेमराज सापकोटा 
ईटहरी उपमहानगरपालिका–५ हलगढामा बुधबार माईक्रोले ठक्कर दिदा मोटरसाइकल
चालकको ज्यान गएको छ। 
काठमाण्डौबाट धरानतर्फ आउँदै गरेको बा ४ ख १२२१ नम्बरको माईक्रोले  ईटहरीबाट धरानतर्फ जादै गरेको को १५ प ३५७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 
माइक्रोको ठक्करबाट मोटरसाइकल चालक सुनसरी धरान–१३ निवासी अन्दाजी २७ वर्षीय अनिल राईको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ। 
ठक्कर दिने माईक्रोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  बताइयको छ ।
 

<