स्थानीय समाचार

इटहरीको दोस्रो नगरसभामा महत्वपूर्ण विधेयकहरु पेश


खेमराज सापकोटा 
इटहरी उपमहानगरपालिकाको दोस्रो नगरसभा बुधबारबाट सुरु भएको छ । उद्योग वाणिज्य संघको भवनमा मेयर द्वारिकलाल चौधरीको अध्यक्षतामा नगर सभा उद्घाटन भएको हो । 
सभामा गाउँसभा र नगरसभा सञ्चालन कार्य्विधि ऐन अनुसूची १ (कार्य्विधि ऐनको दफा १८ सँग सम्बन्धित) विधेयक पेस भएको छ । 
जसमा ८ वटा ऐन र ४ वटा नियमावली रहेको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । 
सभामा प्रशासकीय कार्य्विधिलाई नियमित गर्ने विधेयक २०७५ प्रस्तावको रूपमा प्रस्तुत भएको छ । त्यस्तै इटहरी उपमहानगरपालिकाको सहकारी विधेयक, शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, एफएम रेडियो व्यवस्थापन सञ्चालन विधेयक, इटहरी उपमहानगरपालिकाको निर्णय वा आदेश र अधिकारको प्रमाणीकरण विधेयक, आर्थिक कार्य्विधि विधेयक, राजपत्र प्रकाशन विधेयक, भवन निर्माण विधेयक २०७५ प्रस्तावको रूपमा प्रस्तुत भएको गौतमले बताइन् । 
 

<