खेलकुद

खेलकुदको बजेट दोब्बर


खेमराज सापकोटा
नयाँ आर्थिक वर्ष २०७५–७६ का लागि सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई ४ अर्ब १८ करोड ९५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । २०७४–७५ को तुलनामा यो करिब दोब्बर बजेट हो ।
कुल बजेटको ०.३२६ प्रतिशत युवा तथा अर्थ मन्त्रालयलाई छुटयाइएको हो । त्यसमध्ये तीन अर्ब ३५ करोड खेलकुदलाई रहेको मन्त्रालयले जनाएको छ । गत वर्ष खेलकुदलाई १ अर्ब ६१ करोड दिइएको थियो । नयाँ बजेटमा चालु खर्च एक अर्ब ५१ करोड छुटयाएको छ भने पुँजीगततर्फ दुई अर्ब २५ करोड विनियोजन गरिएको छ । मन्त्रालयको पाएको बजेटमा ३ अर्ब ७५ करोड ५४ लाख संघीय सरकार, २८ करोड ४ लाख प्रादेशिक र १५ करोड ३७ लाख स्थानीय सरकार मातहात रहनेछ ।
१३ औं सागको पूर्वाधार निर्माण र तयारीसँगै इन्डोनेसियमा भदौमा हुने १८ औं एसियाली खेलकुदमा नेपालको सहभागिता तथा नेपालगंजमा हुने आठौं राष्ट्रिय खेलकुदका लागि २ अर्ब ४ करोड विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाको बजेट भाषणमा उल्लेख रहेको छ ।

<