राष्ट्रिय/अन्तराष्ट्रिय

आगलागीबाट चार घरमा क्षति


खेमराज सापकोटा 
सुनसरीको बर्जु गाउँपालिका–२ मा मंगलबार राती आगलागी भएको छ। 
आगलागीबाट स्थानीय राम प्रकास राई, जामुलाल राई, छेवुलाल राई र सोतीलाल राईको चार वटा फुसको घर जलेर नष्ट भएको प्रहरी चौकी अमडुवाले जनाएको छ । 
राती करिब ११ बजेतिर रामप्रकास राईको घरमा चौपायाकालागी बालेको घुरबाट अचानक आगलागी भएको थियो। आगलागीबाट फुसका चार वटा घर जल्दा अन्दाजी तीन लाख पचास हजार बराबरको क्षति भएको बताइएको छ। 
आगलागी प्रहरी चौकी अमडुवाबाट खटिगएका टोलीको सहयोगमा गाउँलेहरुले नियन्त्रणमा लिएको बताइएको छ ।
 

<