आर्थिक

इटहरीलाई भन्दा धरानलाई धेरै बजेट, अन्यले कति पाए ?


सरकारले सुनसरीका १२ वटा स्थानीय तहका लागि ३ अर्व ९५ करोड ९२ लाख बढी बजेट छुट्याएको छ । जसमा वित्तिय समानीकरणतर्फ १ अर्व ९४ करोड ८९ लाख छ भने सशर्त अनुदानतर्फ २ अर्व १ करोड ३ लाख रहेको छ । 
सुनसरीमा इटहरी उपमहानगरपालिकालाई वित्तिय समानीकरणतर्फ २८ करोड ३१ लाख  र सशर्त अनुदानतर्फ ३० करोड ३६ लाख गरि जम्मा ५८ करोड ६७ लाख बजेट छुट्याइएको छ । यस्तै धरान उपमहानगरपालिकाका लागि वित्तिय समानीकरणतर्फ २८ करोड ६४ लाख र सशर्त अनुदानतर्फ ३१ करोड १३ लाख गरि जम्मा ५९ करोड ७७ लाख बजेट छुट्याइएको छ । जसअनुसार इटहरीले भन्दा धरान उपमहानगरपालिकाले १ करोड १० लाख बढी बजेट पाएको छ । 
यसैगरि सुनसरीका ४ वटा नगरपालिकामध्ये बराहक्षेत्र नगरपालिकाले सबैभन्दा बढी बजेट पाएको छ । बराहक्षेत्रले ४५ करोड ४४ लाख, त्यसपछि इनरुवा नगरपालिकाले ३६ करोड ८५ लाख, दुहवीले ३१ करोड ६३ लाख र रामधूनीले सबैभन्दा कम २८ करोड ५२ लाख बजेट पाएको छ । 
सुनसरीका गाउँपालिकातर्फ सबैभन्दा बढी हरिनगराले २५ करोड ३४ लाख, त्यसपछि क्रमशः देवानगञ्जले २३ करोड ५५ लाख, कोशीले २३ करोड ३४ लाख, भोक्राहाले २१ करोड २७ लाख र गढीले २१ करोड २५ लाख बजेट पाएका छन् । गउँपालिकामध्ये सबैभन्दा कम बर्जूले २० करोड ९ लाख बजेट पाएको छ ।।।
 

<