स्थानीय समाचार

सुन्दरहरैचाको हाईवेमा डोजर चल्यो, अतिक्रमण गरी बनाईएको संरचना भत्काईदै


खेमराज सापकोटा स् पूर्वी मोरङमा हाईवे सडक अतिक्रमण गरी बनाएको भौतिक संरचनाहरु धमाधम भत्काउँन थालिएको छ । हाईवे फराकिलो बनाउँन सुन्दरहरैचा नगरपालिकाको हाइवे क्षेत्रमा डोजर चलाउँन सुरु गरेको हो । वर्षौँदेखि ब्यक्ती र व्यापारीहरुले अतिक्रमण गदै आएको सडक खाली गर्ने डोजर चलाउँन थालिएको छ ।
पुर्वमा वेलबारी नगरपालिका र पश्चिममा इटहरी उपमहानगरपालिका सिमा क्षेत्र सम्म सडकको मुख्य केन्द्र देखि २५ । २५ मिटर सडक विस्तार गर्ने हाईवे किल्यिर अभियान सुरु गरेको हो । नगरको सौन्दर्ययता वढाउन र दुर्घट्ना न्युनिकरण गर्न सरकारले हाईवे खाली गर्ने नगरहरुलाई परिपत्र गरे सँगै सुन्दरहरैचा नगरपालिकाले १३ किलोमिटर सडक खाली गराउँन ठाउँ ठाउँमा डोजर चलाएको हो ।
नगरपालिकाले सात दिने सुचना जारी गरी सडक अतिक्रमण गरेर बनाइएको टहरा, पर्खाल , थुपारिएको निर्माण सामाग्री , ग्यारेज, टायर रिपेयर सेन्टर हटाउन अनुरोध गरेको तर उनीहरुले अटेर गर पछि डोजर चलाएको उद्योग बाणिज्य संघ सुन्दरहरैचाका अध्यक्ष किशोर कार्कीले वताए ।
यता सुन्दरहरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले नेपाल सरकारले गरेको परिपत्रका आधारमा ८२ फिट क्लियर गराउँन हाईवेमा डोजर चलाएको वताउनुभएको छ ।
 

<