आर्थिक

चैत महिनामा मुद्रास्फीति ५.३ प्रतिशत, व्यापार घाटा ८ खर्ब १६ अर्ब


खेमराज सापकोटा ) २०७४ चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तो मुद्रास्फीति २०७३ चैत महिनामा ३.८ प्रतिशत रहेको थियो ।
खाद्य मुद्रास्फीतिमा आएको वृद्धिका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीति बढ्न गएको राष्ट्र बैंकले जनाएको छ ।
तथापि, २०७४र७५ को ९ महिनाको औसत उपभोक्ता मुद्रास्फीति भने ४.१ प्रतिशत रहेको पनि केन्द्रीय बैंकले जनाएको छ ।
चैत मसान्तमा खाद्य मुद्रास्फीति ४.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त मुद्रास्फीति ०.७ प्रतिशत रहेको थियो ।
गत वर्षको तुलनामा मूलतः तरकारी, फलफूलजन्य वस्तुहरु र दुग्धजन्य पदार्थ तथा अन्डाको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको जनाइएको छ ।
यस अवधिमा गैरखाद्य मुद्रास्फीति ५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मुद्रास्फीति ६.३ प्रतिशत रहेको थियो ।
यस समूहअन्तर्गत्को लत्ताकपडा तथा जुत्ता, फर्नि्सिङ तथा घरायसी उपकरण, शिक्षालगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैरखाद्य मुद्रास्फीति कम हुन गएको राष्ट्र बैंकले जनाएको छ ।।।
 

<