स्थानीय समाचार

तेसो्इटहरी राष्टिय टि २० क्रिकेटको उपाधी आर्मीलाइ, पुलिस ८ विकेटले पराजित 


नेपाली सेनाको बिभागिय टिम त्रिभुवन आर्मी क्लबले इटहरीमा सम्पन्न तेसो्र इटहरी राष्टिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । सेभेनस्टार क्लबले आयोजना गरेको प्रतियोगिता अन्तर्गत बिहिबार भएको फाइनलमा आर्मीले अर्को बिभागीय टिम नेपाल पुलिस क्लबलाइ ८ विकेटले पराजित गर्दै उपाधी जितेको हो । उपाधी संगै आर्मीले नगद ७५ हजार हात पारेको छ भने पुलिसले नगद ४० हजारमा चिक्त बुझाएको छ । 
इटहरी स्थित नेपाल डिभिएम स्कूलको पिचमा बिहिबार टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै १ सय २० रन बनाएको थियो । पुलिसका लागी रोशन भुजेलले नटआउट २९ रन बनाउदा कुशल भुर्तेलले २५, प्रेम तामांगले १८ र योगेन्द्र कार्कीले १६ रन बनाएका थिए । बलिङतर्फ आर्मीका हरिकृष्ण झाले ३, साहब आलमले २ र जितेन्द्र मुखियाले १ विकेट लिए । 
जवाफमा १ सय २१ रनको बिजयी लक्ष्य आर्मीले १७ दशमलव ४ ओभरमा २ विकेट गुमाउदै पुरा गर्यो । आर्मीका लागी अनिल मण्डलले नटआउट  ५२ रन जोड्दा महेश क्षेत्रीले ३२, बिनोद भण्डारीले २० र राहुल बिश्वकर्माले ११ रन बनाए । बलिङतर्फ पुलिसका ललित राजबंशी र कुशल भुर्तेलले १–१ विकेट लिए । फाइनल खेलको म्यानअफ द म्याच आर्मीका अनिल मण्डल घोषित भएका छन ।  यस्तै प्रतिगोगिताको उत्कृष्ट बलर पुलिसका मञ्जित श्रेष्ठ र उत्कृष्ट ब्याष्टमेन मेची क्रिकेड एकेडेमी झापाका अंकित सुबेदी घोषित भएका छन । उनीहरुले जनही ५–५ हजार नगद पुरस्कार पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका हरिशंकर झा घोषित हुदै १० हजार नगद र ट्रफी प्राप्त गरेको बताइएको छ ।।।।
 

<