राष्ट्रिय/अन्तराष्ट्रिय

चिनियाँ कम्पनीलाई बचाउन ट्रम्पको निर्देशन


खेमराज सापकोटा 
एउटा आश्चर्यजनक कदम चाल्दै राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी व्यापार प्रतिबन्धका कारण संकटमा परेको एक चिनियाँ टेलिकम कम्पनीलाई जोगाउन अमेरिकी वाणिज्य मन्त्रालयलाई निर्देशन दिएका छन् ।
जेड्टीइ नामक चिनियाँ कम्पनी अमेरिकी निर्यात प्रतिबन्धका कारण संकटमा परेको बेला ट्रम्पले आफ्नो नीतिलाई पुनः उल्ट्याउने संकेत गरेका हुन् ।
चीन र अमेरिकाबीच यसै साताका लागि निर्धा्रित महत्त्वपूर्ण व्यापार वार्ताअघि ट्रम्पले चिनियाँ कम्पनीलाई बचाउन पहल गर्न निर्देशन दिएका हुन् ।
ट्विटरमा एउटा सन्देश लेख्दै ट्रम्पले चीनसँग उत्पन्न समस्या समाधान गर्नका लागि आफूले चिनियाँ राष्ट्रपतिसँग वार्ता गरिरहेको बताएका छन् ।।।
 

<