राष्ट्रिय/अन्तराष्ट्रिय

साढे ३३ किलो सुन काण्ड स् तस्करसँग मिलेर हुन्डी कारोबार गर्ने दुई जना पक्राउ

खेमराज सापकोटा 
साढे ३३ किलो सुन तस्करीमा संलग्नसँग मिलेर अवैध रूपमा हुन्डीको कारोबार गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा भीमेश्वर नगरपालिकाका मोतीराम श्रेष्ठ र झापा दमकका विनोद अधिकारी रहेका छन् । 
उनीहरूलाई गृह मन्त्रलायका सहसचिव नेतृत्वमा गठित छानविन समितिले पक्राउ गरेका हो । पक्राउ परेकाहरूले अवैध रूपमा नेपाल र सुन तस्करी गर्ने गिरोहलाई दुवईसम्म हुण्डीमार्फत् पैसा पठाउने गरेको प्रहरीले जानकारी दिएको छ । 
पक्राउ परेका दुवै जनलाई मोरङ प्रहरीले सोमबार जिल्ला अदालत मोरङमा संगठित अपराधअन्तर्गत मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।  उनीहरूलाई अनुसन्धान टोलीले आइतबार काठमाडौंबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङ थप अनुसन्धानका लागि पठाएको थियो । 
पक्राउ पर्नेमध्ये विनोदको झापाको दमकमा ‘न्यू सिद्धकाली मनी ट्रान्सफर’ रहेको छ भने श्रेष्ठ व्यावसायी रहेको बताइएको छ ।।। 
 

<