ताजा खबर

स्थानीय समाचार

मिठुकी भैंसी हिरा भईन् भैंसी सुन्दरी


प्रमिला वान्तावा
हिरा नाम गरेको भैसीले शुन्दरीको उपाधि प्राप्त गरेको छ । इटहरी २  हवाइचोकमा वातावरण तथा पर्यावरण संरक्षण केन्द्र नेपालको आयोजनामा सम्पन्न शनीवार सम्पन्न भएको भैसी सुन्दरी प्रतियोगितामा ३५ ओटा भैसीलाई उछिन्दै मिठुमाया कार्कीले पालेकोे हिरा नाम गरेको भैसीले उपाधि पाएको हो । 
हिराले ११ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेके छ । भैसी पालक किसानहरुलाई प्रोसाहन गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगितामा नरबहादुर कार्कीकोे चम्पा नामको भैसीले दोस्रो उपाधी सहित ९ हजार तथा तेस्रो हुने किसान बेधनिधी दाहालको काली नामकी भैसीले ५ हजार रुपियाँ पुरस्कार पाएका छन । 
हरिप्रसाद नेपालको काली नाम गरेकै भैसीले ३५ सय रुपियाँ तथा पाँचौ हुने किसान नारायणबहादुर बुढाथोकीको काली नामकै भेसीले २५ सय रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन । प्रतियोगितामा बिजयी सबै भैसीलाई आयोजकले नै ८० हजार वरावरको बीमा उपलब्ध गराएको छ । प्रतियोगितालाई राष्ट्रिय भैसी अनुसन्धान केन्द्रका भैसी बैज्ञानिक पवनकुमार झा, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. शिवनाथ महतो डा. विष्णुप्रसाद कुसवाहा र प्राविधिक राजेश पौडेलको निर्णायक टोलीले भैसी जाँच गरी सुन्दरी प्रतियोगितामा ल्याईएका भैसी मध्ये उत्कष्ट छनौट गरको आयोजक टंक दाहालले वताउनुभयो ।
पछिल्लो समयमा कृषि प्रधान देशमा कृषकहरुले भौसीपालनमा कम चासो देखाइरहेकाले  उनीहरुलाई उत्साहित गर्ने उदेश्यले भैसी सुन्दरी प्रतियोगिता गरिएको वताइएको छ ।।।
 

<