स्थानीय समाचार

तेह्र स्मृति विद्यालयले गर्यो सम्मान


तेह्र बालबालिका स्मृति आधारभूत विद्यालयले आफ्नो ११ औँ बार्षिकोत्सव कार्यक्रम तथा अभिभावक दिवसका अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । 
कार्यक्रममा इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, प्याव्सन सुनसरी अध्यक्ष सुमित थापा, मञ्जरी पेन्ट्सका सञ्चालक माधव भट्टराई, आइसीसी कम्प्युटर सेन्टर तरहराका सञ्चालक शम्भु घिमिरे, कोशी कलेजका प्रशाशकीय अधिकृत विदुर निरौला, क्यान महासंघ सुनसरीका अध्यक्ष बलराम भण्डारी, उपाध्यक्ष सन्देश राई, विशाल बास्तोला, पशुपति केवलका मुकुन्द भट्टराई, पत्रकार याम प्रधान लगायत अन्य व्यक्तिहरुलाई सम्मान समेत गरिएको हो ।
विद्यालयले प्रत्येक वर्ष यसरी नै विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्ने गर्छ । २०६३ साल वैशाख २६ गते विद्यालय जाँदै गरेको तत्कालीन मुनलाइट इङ्लिस बोर्डिङ स्कुलको टेम्पो झुम्का नहरमा डुबेर मृत्यु भएका १३ जनाको सम्झनामा उक्त विद्यालय स्थापना गरिएको हो ।
विद्यालयमा पढ्न आउने बालबालिकाका लागि ड्रेसका कपडादेखि कापी कलमलगायत कुनै शुल्क तिर्नु पर्दैन । विद्यालयका प्रधानाध्यापक सुनिल तिम्सिनाका अनुसार निःशुल्क रूपमा आफूहरूले कक्षा सञ्चालन गर्दै आएको बताउनुभएको छ ।।।
 

<