ताजा खबर

स्थानीय समाचार

गुडिरहेको बसमा बम प्रहार, दुई जना घाइते


इटहरीमा अज्ञात समुहले बसमा सुतली बम प्रहार गरेको छ । धरानबाट काकरभिट्टातर्फ जाँदै गरेको मे १ ख २७३४ नम्बरको सुर्योदय यातायातको बसमाथि दुईजनाको समुहमा रहेका युवाले बम प्रहार गरेका हुन् ।

बमले खासै ठूलो क्षति भने भएको छैन । गुडिरहेको बसमा सडक छेउबाट सुतली बम प्रहार भएको प्रत्यक्षदर्शीले बताए । बम बस बाहिरै पड्किएको थियो, जसका कारण बसको बाहिरी भागमा दुईवटा प्वाल परेको छ । बम पड्किएपछि बसका यात्रुहरु आँतिदै बाहिर भागेका थिए । भागदौडमा दुईजना बालबालिका सामान्य घाइते भएका छन् । 

बम बिस्फोटबाट क्षति भएको बस इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । बम प्रहार गर्नेहरुको खोजीको लागि प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक राजन कार्कीले बताए । 

<