राष्ट्रिय/अन्तराष्ट्रिय

विराटनगरमा लागूऔषधसहित दुई युवती पक्राउ


विराटनगरमा लागूऔषधसहित दुई युवती पक्राउ परेका छन् । भारतीय बजार जोगबनीबाट नेपालतर्फ आउँदै गरेका सुनसरी धरान–१३ बस्ने २० बर्षिया अनिषा बिष्ट र. सुनसरी बराह–१ बस्ने २२ बर्षिया मन्दीरा पौडेललाई प्रहरीले विराटनगर–१५ बाट पक्राउ गरेको हो ।
प्रहरीले अनिषाको साथबाट डाईजेल्याब–४ एम्पुल, एभिल–४ एम्पुल, फेनारगन–४ एम्पुल र लुपिजेसिक ४ एम्पुल बरामद गरेको छ  भने मन्दिराको साथबाट  डाईजेल्याब–२४ एम्पुलस एभिल–२० एम्पुल, र लुपिजेसिक–२० एम्पुल बरामद गरेको छ । 
पक्राउ परेका दुवैलाई  लागूऔषध ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसंन्धान भईरहेको जनाइएको छ ।।।
 

<