ताजा खबर

स्थानीय समाचार

ईटहरी उपमहानगर प्रमुखको गलत निर्णय स् सडक निर्माणमा किन बाधक


केही ब्यापारीहरुको दवावमा परेर सुनसरीको ईटहरी उपमहानगरपालिकाका प्रमुखले गलत निर्णय गरेपछि जोगबनी – किमाथांका त्रिदेशीय व्यापारिक मार्ग बिस्तारको काम रोकिएको छ । उपमहानगरपालिका क्षेत्रभित्र व्यापारिक मार्गको जग्गा सडक केन्द्रको दाँया र बाँया १५ मिटर मात्र कायम गर्नुपर्ने निर्णय गरेपछि व्यापारिक मार्गको बिस्तारको काम रोकिएको हो ।
६ लेनको सडक निर्माणका लागि त्यस क्षेत्रमा सडक केन्द्रदेखि दाँया र बायाँ २५ मिटर कायम गरिएको थियो । आयोजनाले इटहरीदेखि उत्तर तरहरासम्मको पाँच किलोमिटिर क्षेत्रको सडकपनि ठेक्कासमेत लगाएर निर्माणको काम अघि बढाएको थियो । तर, १० वैशाखमा उपमहानगरपालिकाले नगर क्षेत्रमा निजी घर भत्किने भन्दै उपमहानगरपालिकाले सडकको केन्द्रदेखि दाँया र बाँया १५ मिटिर मात्र कायम गर्ने निर्णय गरेपछि सडक निर्माणको काममा अन्योलता छाएको हो । ६ लेनको सडक निर्माणका लागि केन्द्रबाट दाँया र बाँया २५ मिटर कायम गरिएको छ ।
उपमहानगरपालिकाको निर्णयपछि इटहरी बजार उत्तर क्षेत्रमा एक हप्तादेखि ६ लेन सडकको काम रोकिएको परियोजनाले जनाएको छ । बजार क्षेत्रमा पर्ने गोर्खा डिपार्टमेन्ट स्टोर लगायतका इटहरी क्षेत्रका ठूला व्यापारीका घरहरु सडक सिमाङकनभित्र परेका छन् । उनीहरुले ब्यत्तिगत स्वार्थका लागी उपमहानगरका प्रमुखलाई भेटेर सडक निर्माण कार्य रोक्ने नियतका कारण घृणित काम गरेका छन ।
 

<