ताजा खबर

स्थानीय समाचार

उभौली पर्व एवम साँस्कृतिक कार्यक्रम भब्यताका साथ मनाईयो

प्रमिला वान्तावा राई
प्रकृतिपुजक किरात राईहरुको महान पर्व साकेला उभौली सोमवार वाट शुरु भएको छ । किरात जाती अर्थात समुदायले मनाउँदै आएको भूमिपूजा अर्थात उभौली पर्व किरात जातीकोमात्र नभएर सवै नेपाली भुगोलवासीको साझा धर्म र पर्व भएको कुरामा जोड दिनुभएको छ ।
सभामुख पोख्रेलले सोमवार सनुसरी जिल्लाको रामधुनी नगरपालिका ७ बकलौरीको राष्ट्रिय ताल क्षेत्रमा रहेको साकेला धार्मिक तीर्थस्थल क्षेत्रमा आयोजित किरात समुदायको धार्मिक उभौली पूजा एवम बृहत साँस्कृतिक कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
उपसभामुख पोख्रेलले अहिले देश सङ्घीयतामा गई सकेको र देशले धार्मिक बहुलतालाई महत्व दिएकाले देशमा भएका सवै जातजाती धर्म संस्कृति एवम परम्परा सवैको संरक्षण गर्नु स्थानीय प्रदेश र राज्यको दायित्व भएकाले यो उभौली पर्व कुनै जाती विशेषकोमात्र नभर सामुहिक पर्वका रुपमा मान्न जरुरी रहेको पनि स्पष्ट पार्नुभयो ।
कार्यक्रममा वोल्दै किराती राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय सचिव तथा किरात राई वान्तावा खिमको अध्यक्ष नेता ज्ञान किरातीले उभौली पर्व पहिला किरात जातीले विशेष नयाँ बर्षका रुपमा र नयाँ अनाज भूमिदेवलाई चढाएर न्वागी खाने चलनका रुपमा प्रयोग भई आएकाले यसलाई अहिले पनि विशेष ढङ्गले किरात जातीले परम्परा एवम संस्कार अनुसार भूमिदेवको पूजापाठ गरिने चलन रहेको वताउनुभयो ।
उहाँले सोही अवसरमा प्रदेश सरकारले प्रदेश एकको स्थायी राजधानी तोक्दा तथा त्यसको नामाकरण गर्द बुुद्धिमतापूर्वक सवैको भावनालाई समेटेर उचित ढङ्गले गर्न जरुरी रहेको वताउनुभयो । किरात जाती नभएर  सभ्यता र भुगोल भएकोले किरात प्रदेश नामाकरण कसैलाई असर नपर्ने भएकोले किरात प्रदेश नामाकरणमा जोड दिनुभयो ।
प्रवेश राईको अध्यक्षतामा भएको उभौली पूजा एवम साँस्कृतिक कार्यक्रममा रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरी एवम अन्य विभिन्न पार्टी एवम जातीय नेताहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा साकेला नाँचसँगै रोज सनामी राईले गायन प्रस्तुत गर्नुभएको थियो भने एफएच डान्स सेन्टर इटहरीका कलाकारहरुले विविध नृत्य प्रस्तुत गरेका थिए । त्यस अघि किरात समुदायका महिला तथा पुरुषहरु भूमि टानमा जातीय परम्परा अनुसार ढोल झ्याम्टा सहित साकेला  नाच प्रस्तुत गर्दै भूमिपूजा सम्पन्न गरेका थिए । प्रकृतिक पुजक किराँत राईहरुले बाली नाली सप्रियोस् , रोगकिरा नलागोस सवैलाई सुव्य फाव्य होस् तथा आफन्तहरुको सुस्वास्थ्यको कामना गर्दै उभौली पर्व मनाउने गरेका छन ।।
 

<