ताजा खबर

स्थानीय समाचार

इटहरीमा किरात राई युवा तदर्थ समिती गठन , साकेला भव्य मनाउने तयारी


प्रमिला वान्तावा राई
इटहरीमा एक कार्यक्रमका विच शनीवार किरात राई युवा तदर्थ समिती गठन गरिएको छ । विकि राईको संयोजकत्वमा ३३ सदस्यिय समिति गठन गरिएको किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति इटहरी ६ का अध्यक्ष चिराहाङ राईले वताउनुभयो । 
यायोक्खाको काम कर्तव्य र अधिकारको विषयमा अवगत गराउन साथै आगामी दिनमा यायोक्खा लाई सम्हाल्न सक्ने नेतृत्व क्षमता विकास वृद्धि गर्न र यायोक्खाको  को जिम्मेवारी हस्तान्तरण गर्न सहज हुने भएकोले समिति गठन गरिएको अध्यक्ष राईले वताउनुभयो ।
समितिको सदस्यहरुमा विनम राई , शक्ति राई , रीवाज राई ,सोनीहाङ राई ,सुसन राई , राज राई , सृजना राई , गंगा राई , जमुना राई ,वसन्त राई अस्मिता राई, प्रमिला राई , शिक्षा राई, अमन राई , नुमिहाङ राई , एलवी राई , जमिन राई , एलिना राई, पेमेला राई , सौरभ राई , आस्था राई , स्नेहा राई, रुविषा राई, आयुष्मा राई, रोजिन राई ,विशाल राई, विजय राई, राज राई, गौरव राई सन्तोष राई,  सुमिना राई र सुमन राई रहेका छन् ।
यायोक्खा प्रारम्भिक कार्यसमिति इटहरीका अध्यक्ष चिराहाङको अध्यक्षता तथा किरात राई यायोक्खा इटहरी नगर अध्यक्ष खगेन्द्र राईको प्रमुख आतिथ्यता साथै किरात राई यायोक्खा इटहरी नगर इन्चार्ज चन्द्रकला राईको विशेष आतिथ्यता रहेको कार्यक्रममा प्रारम्भिक कार्यसमितिका पुर्वअध्यक्षहरु तथा सदस्यहरु , वर्तमान अध्यक्ष तथा सदस्यहरु लगायतको उपस्थिती रहेको आयोजकले जनाएको छ ।
यसैविच
प्रकृतिपुजक किरात राईहरुको महान चाँड साकेला उभौली भव्य रुपमा मनाउने किरात राई प्रारम्भिक कार्यसमिति इटहरीको तयारी रहेको छ । वैशाष २३ गते इटहरीमा भव्य र सभ्य रुपमा मनाउने तयारी थालिएको अध्यक्ष चिराहाङ राईले वताउनुभयो ।
विहान १० वजे इटहरीको संगित चोकवाट जातिय भेषभुषामा सजिएका किरात राईहरुको वाजागाजा र झाँकी सहितको र्याली शुरु हुनेछ । सो र्याली इटहरी चौक परिक्रमा गरी कोणसभामा परिणत हुनेछ । त्यसपछि ताया रिप्ची भवनमा प्रदेश नं का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यता तथा प्राध्यापक डाक्टर टंक न्यौपाने र किरात राई यायोक्खा केन्द्रिय अध्यक्ष तिलक राईको विशेष आतिथ्यता  र सुनसरी मोरङका प्रारम्भिक कार्यसमिति भाषिक भातृ संगठनका अध्यता तथा सदस्यहरु ल्गायत अन्य अतिथीहरुको आतिथ्यतामा औपचारिक कार्यक्रम गरिने तयारी भैरहेको पनि अध्यक्ष राईले वताउनुभयो ।।


 

<