ताजा खबर

Slider

“प्रदेश सरकारले ‘ड्रक्स फ्रि’ अभियानमा सहकार्य गर्छ” ः हिक्मत कार्की

इटहरी, पछिल्लो समयमा शहर बजारमा मौलाउँदो विकृती रोक्न युवाहरुलाई जागरुक हुनु पर्ने एक नम्बर प्रदेशका गृहमन्त्री हिक्मत कार्कीले बताएका छन्, साथै प्रदेश सरकार ड्रक्स फ्रि अभियानमा सहकार्य गर्ने समेत बताएका छन् ।


इटहरीमा चार महिना अगाडीदेखि शुरु भएको ड्रक्स फ्रि अभियानको मंगलबार आयोजित समापन कार्यक्रमको वोल्दै मन्त्री कार्कीले सो कुरा वताएका हुन । युवाहरुकै प्रयासमा ड्रक्स फ्रि अभियानको आयोजना गर्नु एकदमै महत्वपूर्ण कार्य भएको उनको भनाई थियो ।


नागरिक समाज इटहरीका अध्यक्ष कमलेश पौडेलले चाहिनेभन्दा बढी औषधि सेवन गरे लत लाग्ने बताउँदै स्कुल र क्याम्पसका विद्यार्थीहरुको संगतले कुलत सँगै ड्रक्समा सहजै फस्ने बताए । भने,‘युवाहरुलाई सकारात्मक बाटोमा ल्याउनका लागी अभिप्रेरित गर्नु सराहनीय र उदाहरणीय काम भएको बताए ।


कार्यक्रममा बोल्दै प्याव्सन सुनसरी अध्यक्ष सुमित थापाले विद्यार्थीहरुलाई ड्रक्स फ्रि अभियान चलाएर कुशल प्रशिक्षकको रुपमा स्थापित गर्नु उदाहरणीय काम भएको बताए । लागुपदार्थ दुव्र्यसनी सेवन गर्दा आफ्नै ज्यान जोखिममा रहने भएकाले उक्त कार्यक्रमले विद्यार्थीको मनोभावनामा परिवर्तन ल्याएको अध्यक्ष थापाले बताए ।


युवाहरुको प्रयासमा इटहरीमा नै यस्तो अभियान चलेर समाजलाई दुव्र्यसनमुक्त राख्नु गौरवको कुरा रहेको उनको भनाई थियो । संगीत साधनाका महासचिव राजु केसी, प्रशिक्षक रामकुमार धमलाले बोल्दै सो कार्यक्रम गर्न धेरै चुनौती रहेपनि सफल भएकोप्रति खुशी ब्यक्त गरे ।
युवाहरुलाई अभिप्रेरित गर्नका लागी कार्यक्रमको आयोजना गर्नु सराहनीय कार्य रहेको र आगामी दिनमा आँफूहरुले सकेको सहयोग गर्दै जाने विश्वास दिलाए । उक्त अभियानका संयोजक युवा अभियन्ता सम्राट थापाले कार्यक्रममा बोल्दै आँफूहरुले सामाजिक उत्तरदायित्व बहन गरेको बताए । पाँच बर्ष सम्ममा समाजलाई उच्च स्थानमा पुर्याउने बताउँदै उनले अबको चार बर्षसम्म निरन्तर अभियान चलाउने दाबी समेत गरे । भने,‘नराम्रो मान्छेको प्रभावले हैन,राम्रो मान्छेको अभावले समाज बिग्रन्छ ।’


समाजमा राम्रो मान्छेको कमी भएको र बिभिन्न तालिम र यस्ता अभियानबाट राम्रा मान्छे उत्पादन हुने उनको विश्वास थियो । उक्त अभियान चलाउँदा बिभिन्न ठाउँबाट आर्थिक सहयोग आएपनि सामाजिक,मानसिक र भौतिक सहयोग गर्नु ठूलो कुरा रहेको थापाको भनाई रहेको थियो । समाजमा रहेको सवै युवाहरुले समाजमा सकेको सहयोग गर्दै जान अपिल गरे । यो पहिलो चरणको कार्यक्रम रहेको र आगामी दिनका कार्यक्रमहरुमा सरोकारवालाहरुको महत्वपूर्ण सहयोग चाहिनेमा थापाको जोड थियो ।
 

<